ट्रम्पलाई पुटिनको प्रश्न- हामी कागजी बाघ हौं भने नाटो के हो ?

२०८२ असोज १७ शुक्रबार
सारांश
  • पुटिनले भने- 'हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो आत्मविश्वास कायम राख्नु हो, र हामी यसमा विश्वस्त छौं ।'

एजेन्सी, १७ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुस 'कागजी बाघ' हो भन्ने भनाइको जवाफ दिएका छन् ।

 

सुरक्षा र भूराजनीतिक विज्ञहरू बीचको छलफलको क्रममा पुटिनले हामी कागजी बाघ हौं भने नाटो के हो ? भन्दै प्रश्न गरेका हुन् ।  पुटिनले भने- 'हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो आत्मविश्वास कायम राख्नु हो, र हामी यसमा विश्वस्त छौं ।'

 

हालै, ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा रुसलाई 'कागजी बाघ' भनेका थिए।

 

ट्रम्पले युरोप र नाटोको समर्थनमा र रुसको अर्थतन्त्रमा बढ्दो दबाबका कारण युक्रेनले यो युद्ध सुरु भएको ठाउँबाट आफ्नो मूल सिमाना फिर्ता पाउन सक्ने बताएका थिए । ट्रम्पले युक्रेन र रुसको सैन्य र आर्थिक अवस्थालाई पूर्ण रूपमा बुझेपछि सोच परिवर्तन भएको बताएका थिए ।

 

रुसलाई 'कागजी बाघ' भन्दै उनले भने- 'पुटिन र रुस ठूलो आर्थिक समस्यामा छन्, र युक्रेनले कारबाही गर्ने समय आएको छ ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार